काठमाडौं । अज्ञात समूहले चितवन भरतपुर महानगरपालिका २६ स्थित स्मल हेभन स्कुल कल्याणपुरको बसमा आगजनी गरेको छ ।
स्मल हेभन स्कुल कल्याणपुरका अनुसार चनौली, द्रद्रेनी, शुक्रनगर पटिहानी हुँदै विद्यार्थी लिन गएको बा.०६ ००१ क ००४५ नम्बरको बसमा आगजनी भएको हो ।
बस जलेर पूर्ण रुपमा क्षति भएको छ । तीनवटा मोटरसाइकलमा आएका ६ जनाको समूहले बसमा पेट्रोल छर्किएर आगो लगाइएको बताइएको छ । उनीहरु सबै जना फरार छन् ।
बस जलाउने व्यक्तिहरूले बसका सहचालकको मोवाइलसमेत लुटेर लगेका छन् ।
थप विवरण आउन बाँकी





प्रतिक्रिया