आज काठमाडौंका यी स्थानमा बत्ती जाने

काठमाडौं । काठमाडौँका विभिन्न स्थान आजदेखि विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण एक सूचना जारी गर्दै विद्युतीय वितरण लाइन भूमिगत गर्ने तथा फेर्ने काम हुने भएकाले सेवा अवरुद्ध गर्नु परेको जनाएको छ ।

प्राधिकरणका अनुसार आजदेखि सोमबारसम्म हुसनटार, खड्का गाउँ र थानकोट फिडरको विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।

त्यस्तै, जेठ २ गतेदेखि ४ गतेसम्म थानकोट र बलम्बु फिडरमा विद्युत् सेवा अवरुद्ध हुनेछ ।

प्रतिक्रिया