कोशीका नवनियुक्त मुख्यमन्त्रीविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं । कोशी प्रदेशका निवर्तमान केदार कार्कीले सर्वोच्च अदालतमा मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्तिविरुद्ध रिट दायर गरेका छन् ।

बिहीबार हिक्मतबहादुर कार्कीलाई प्रदेश प्रमुखले ५२ सांसदको हस्ताक्षरलाई बहुमत मानी मुख्यमन्त्रीमा नियुक्ति गरेपछि उनी सर्वोच्च गएका हुन् ।

सो रिटमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान र त्यसका आधारमा भएका निर्णय बदर गर्न माग र मुख्यमन्त्रीको कामकारबाही नगर्न नगराउन र आफूलाई मुख्यमन्त्रीको जिम्मेवारी बहाल गर्न अवरोध नगर्न, नगराउन समेत अन्तरिम आदेश माग गरेका छन् । रिटको पेशी शुक्रबारका लागि तोकिएको छ

प्रतिक्रिया