उपेन्द्रको ओरालो यात्रा : ५४ बाट ५ सिटमा सीमित

काठमाडौं ।२०६२ ६३ को मधेश आन्दोलनबाट सबैभन्दा ठूलो क्षेत्रीय पार्टी र नेपाली राजनीतिमा प्रभुत्व जमाएको उपेन्द्र यादवको पार्टी अन्ततः पाँच सिटमा खुम्चिएको छ ।

१२ सांसद रहेको जसपाका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेकै बेलामा अशोक राईको नेतृत्वको जसपालाई निर्वाचन आयोगले सोमबार औपचारिक मान्यता दिएको छ ।

यसअघि केही समयअघि मात्रै जसपा नेपालबाट बाबुराम भट्टराई नेतृत्वको समूह अलग्गिएको थियो । त्यसअघि महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारीसहितले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनाए । महतोले छुट्टै मोर्चा सञ्चालन गरेका छन् ।

मधेश आन्दोलनका क्रममा गठित मधेशी जनअधिकार फोरम २०८१ सम्म आइपुग्दा सो क्रममा लिएका एजेन्डा र पार्टीको शाख करिब करिब शून्यमा झरेको छ ।

२०६४ सालको पहिलो संविधानसभामा यादव नेतृत्वको संघीय समाजवादी फोरम ३० प्रत्यक्ष, २२ समानुपातिक र २ मनोनीत गरी ५४ सिटसहित संसद्मा चौथो राजनीतिक दल बनेको थियो ।

२०६५ सालमा पुष्पकमल दाहाल नेतृत्वको सरकार विस्थापित गर्न फोरमबाट विजय गच्छदारले पार्टी विभाजन गरेर संसदीय शक्तिको हिसाबले यादवको राजनीतिकरुपमा कमजोर भएको थियो । गच्छदारले ४० प्रतिशत सांसद लिएर बाहिरएपछि उपेन्द्रको यात्रा ओरालो लागेको थियो ।

प्रतिक्रिया