रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।

सांसद गणेश पराजुलीका अनुसार आज बस्ने बैठकमा प्रमुख प्रतिपक्षी दललगायतले उठाइरहेको माग तथा संसद्को बजेट अधिवेशनमा पार्टीको भूमिका लगायत विषयमा छलफल हुनेछ ।

कांग्रेसले सहकारी अपचलनका विषयमा छानबिन गर्न संसदीय समितिको माग गर्दै आएको छ ।

जसमा सभापति लामिछाने संलग्न भन्दै आलोचना भएको छ । संसद्को बजेट अधिवेशन यही वैशाख २८ गतेलाई आह्वान गरिएको छ । बैठक बिहान ८ बजे बस्नेछ पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया