काठमाडौं । निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई नयाँ दल दर्ताको प्रमाण पत्र दिएको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल फुटेर बनेको जसपालाई निर्वाचन आयोगले आज नयाँ दलको प्रमाणपत्र दिएको हो
राजनीतिक दलसम्बन्धी ऐन २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावलीको नियम ५ बमोजिम दल दर्ता गरी उक्त प्रमाणपत्र प्रदान गरिएको आयोगले जनाएको छ । जसको दल दर्ता नम्बर १९८ रहेको छ ।
वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित हिजो आयोगमा दल दर्ताको निवेदन दिएका थिए ।







प्रतिक्रिया