ओलीकै अगाडि बामदेवले भने : विगतमा गल्ती भए, फर्किन चाहन्छु

काठमाडौं । राष्टिय एकता महाअभियानका संयोजक बामदेव गौतमले आफू नेकपा एमालेमा फर्किन तयार रहेको बताएका छन् ।

राष्ट्रियसभा सदस्य समेत रहेको गौतमले वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा यस्तो बताएका हुन् ।

सो कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी थिए ।

उनले आफूलाई मिसन ८४ मा ६० लाख भोट ल्याउने जिम्मा दिएर पार्टीमा भित्र्याउन अध्यक्ष केपी ओलीलाई आग्रह गरे। साथै, उनले विगतमा आफूबाट गल्ती भएको स्वीकार समेत गरे ।

प्रतिक्रिया