काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले हाहाहुँहुँ गरेकै भरमा केही व्यक्तिहरू मन्त्री बन्न सक्ने बताएका छन्।
सोमबार वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा उनले संसद्को अङ्कगणितका कारणले अहिले हाहाहुँहुँकै भरमा केही मन्त्री बन्न सक्ने अवस्था रहेको बताएका हुन् ।
यसले पुरानो त्यागको अवमूल्यन मात्रै होइन नभई त्यसलाई अपमान गर्ने प्रवृत्ति बढेकोसमेत बताए ।
उनले भने, अहिले हाहाहुँहुँ गरेको भरमा जनप्रतिनिधि भइरहेका छन्, हाहाहुँहुँ भएकै भरमा मन्त्री पनि भइएकै छन्। बहुमत कसैको छैन। यसलाई मिलाऊ कि त्यसलाई मिलाऊ भन्दा को मन्त्री पर्छ पर्दैन भन्ने बेला छ। अहिले एउटा प्रवृत्ति छ, पुरानो त्यागको अवमूल्यन मात्रै होइन त्यसलाई अपमान गर्ने, त्याग र बलिदानको अपमान गर्न खोज्ने, योगदानलाई नकार्न खोज्ने प्रवृत्ति देखिएको छ। आन्दोलन र देशमा विभिन्न प्रवृत्ति पैदा भइरहन्छन्, समय समयमा।


प्रतिक्रिया