काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लिपुलेक, लिम्पयाधुरा र कालापानीमा नेपालले आफ्नो सार्वभौमसत्ताको अभ्यास गर्न पाउनुपर्ने बताएका छन् ।
सोमबार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आफ्ना धारणा सार्वजनिक गर्ने क्रममा भारतीय विदेशमन्त्री जययस शंकरको अभिव्यक्तिप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।
यसअघि भारतीय विदेशमन्त्री जय एसशंकरले नेपालले एक सयको नोटमा राख्ने भनिएको भनिएको भूभागको विवाद नटुंगिएको भन्दै असन्तुष्टि जनाएका थिए ।
बैठकमा आफ्ना धारणा राख्ने क्रममा श्रेष्ठले नेपाल वार्ताद्वारा नै सीमा समस्या समाधान गर्नुपर्छ भन्ने पक्षमा रहेको बताउँदै भने, ‘तर, फेरि अरु कुनै ढुंगले होइन, कुटनीतिक माध्यमद्वारा टेबुलबाट नै समस्याको समाधान गर्नुपर्छ भन्नेमा हामी छौं । यसको निम्ति हाम्रो पहल जारी छ ।’







प्रतिक्रिया