काठमाडौं । आइतबार जनता समाजवादी पार्टी नेता अशोक राई ७ जना सांसद र ३० केन्द्रीयसहित निर्वाचन आयोग पुगे । राई समाजवादी विभाजनलाई औपचारिकताका लागि आयोग पुगेका थिए । समाजवादीमा यस्तो खेल चलिरहँदा पार्टी अध्यक्ष उपेन्द्र यदाव भने अमेरिकामा छन् ।
क्षेत्रीय पार्टीका रूपमा रहको समाजवादी विभाजन हुनुमा पार्टीमा आन्तरिक लोकतन्त्रको हनन भएको,उपेन्द्र यादवले पार्टी र राष्ट्रिय राजनीतिका सन्दर्भमा छलफलै नगरी निर्णय गर्ने गरेको आरोप लगाइएको छ ।
यस्तै, केही नेतृत्वले यादवको नेतृत्वमा बस्नुको अर्थ नभएको बताएका छन् । पार्टी अचानक फुटेजस्तो देखिए लामो छलफलपछि पार्टी औपचारिक रुपमा विभाजन भएको सुशीला श्रेष्ठको भनाइ छ ।
पार्टी अध्यक्ष यादव विदेश भ्रमणमा रहेका बेला जसपा विभाजन हुनुमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र प्रत्यक्ष भूमिका अनुमान लगाइएको छ । सँगसँगै अशोक राई नेतृत्वको दल र नेकपा एमाले एकता हुने सम्भावना छ ।
नेकपा एमाले सबैभन्दा ठूलो पार्टी बन्न संघर्षरत छ । यसअघि एमालेबाटै विभाजन भएर बनेको एकीकृत समाजवादीलाई पनि आफ्नै नेतृत्वमा समाहित गर्न प्रयत्न गर्यो । तर, सफल हुन सकेको थिएन । मुख्यतयाः माधव नेपाल राष्ट्रपति नभइदिँदा एमालेको यो सपना असफल भएको थियो । यद्यपि आन्तरिक रूपमा यो प्रयत्न जारी छ ।
माधव नेपाल र केही सांसद र नेताबाहेक अन्य नेकपा एमालेप्रति नरम देखिन्छन् । पार्टीका सम्मानित नेता झलनाथ खनालको कुरा गर्दा पछिल्लो समय एमाले फ्लेवरका रुपमा प्रस्तुत भइरहेका छन् । समग्रमा भन्दा उनी पार्टी अध्यक्ष नेपाल फ्लेवर भन्दा पनि नेकपा एमाले फ्लेवरमा देखिएका छन् । हाल अध्यक्ष नेपाल र ओलीबीच वाकयुद्ध चलिरहँदा उनी ओली फ्लेवरमै देखिएका छन् ।
एसबाट सबैभन्दा ठूलो पार्टी बन्ने सपना पूरा नभएपछि एमालेले अशोक राईलाई ताकेता गरेको हो । अशोक राई कुनै समय नेकपा एमालेका उपाध्यक्ष हुन् ।
विविध कारण एमालेबाट बाहिरिएका उनी योबीचमा गुमनामजस्तै थिए । यसै क्रममा उनलाई एमाले छाडेकोमा पश्चताप भएको हुनुपर्छ । राईले यही पश्चतापलाई पूरा गर्न चालिएको कदमका रुपमा पनि हेरिएको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) केन्द्रमा विभाजन भएपछि मधेश प्रदेशमा तरंग पैदा भएको छ । केन्द्रजस्तै मधेशमा पनि कुन सांसद कता लाग्ने भन्ने पनि आकलन गर्न थालिएको छ । मधेश प्रदेशसभामा जसपाका १९ सांसद छन् ।





प्रतिक्रिया