सहकारी प्रकरण जटिल बन्यो : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी प्रकरण जटिल बनेको बताएका छन् ।

सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

सो क्रममा उनले प्रधानमन्त्री प्रचण्डले आगामी मन्त्रिपरिषद्को सहकारीको समस्या समाधान गर्नको लागि ठोस निर्णय गर्ने जानकारी गराए।

‘सहकारीको समस्या गम्भीर बनेको छ। अर्को क्याबिनेटमा यसबारे ठोस योजना आउँछ। कुनै नेतालाई ताकेर होइन समग्र समस्या समाधानका गर्नको लागि संसदीय छानबिन समिति बनाउनेबारे छलफल भइरहेको छ, उनले थपे, ‘संसद बोलाइएको छ। चल्ने नचल्ने निश्चित छैन। विपक्ष दलसँग संवाद भएपनि निचोड निक्लिसकेको छैन।’ उनले समस्या समाधानको विषयमा छलफल गर्न केही दिनमा सर्वदलीय बैठक बोलाउने तयारी भइरहेको जानकारी गराए।

प्रतिक्रिया