प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्छ: नेता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्ने बताएका छन् ।

शनिबार नेपाल प्रेस युनियन केन्द्रीय समितिको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

सो क्रममा उनले अस्थिरता र अविश्वासको जगमा अहिलेको यो सरकारको आयु चाँडै टुंगिने जिकिर गरे ।

उनले भने, ‘अस्थिरतामा रमाइरहने प्रवृत्तिलाई निस्तेज गर्नुपर्छ । अस्थिरता र अविश्वासको जगमा अहिलेको सरकार बनेको छ । यसकै कारणले यसको आयु चाँडै टुंगिनेवाला छ र चाँडै नै लोकतन्त्रप्रति समर्पित कुराले होइन, कामले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार आउनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’

प्रतिक्रिया