सूचनाको हक लोकतन्त्रप्रति भरोसा जागृत गराउने औजार : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक भएको बताएका छन् ।

शनिबार राष्ट्रिय सूचना आयोगको १७औं स्थापना दिवसका अवसरमा उनले यस्तो बताएका हुन् । कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा भएको थियो । जनताले आफूले तिरेको कर कँहा, कसरी खर्च भैरहेको छ भनेर जान्न पाउने उनीहरूको स्वभाविक हक भएको उनको भनाइ छ ।

यस्तै, उनले सूचनाको हकले नागरिकको सशक्तीकरण मात्र नभई सरकारलगायत सबै सार्वजनिक निकायलाई जिम्मेवार पनि बनाउने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार