भोलि जापानी विदेशमन्त्री खामिखावा आउने

काठमाडौं । परराष्ट्र मन्त्रालयले जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने नेपाल भ्रमणमा आउने भएकी छन् ।

मन्त्रालयका अनुसार जापानी विदेशमन्त्री खामिखावाले आगामी वैशाख २३ काठमाडौँ आइपुग्नेछिन् ।

भ्रमणका क्रममा खामिखावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ ।

जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि पहिलो पटक हो ।

प्रतिक्रिया