काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले स्टिङ अपरेसनको सत्य तथ्य छानबिन गरी सत्य कुरा जनता सामु ल्याउन जरुरी रहेको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत् उनले यस्तो बताएका हुन् । यस्तै, शर्माले छानबिन विना नै कुनै संस्था या व्यक्तिको मानमर्दन गर्नु नहुने पनि बताएका छन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘सिधा कुरा डटकम अनलाइनमा प्रसारणमा आयका “डार्क फाइल” समाचारले निकै चर्चा पायो। यस्ता खालका स्टिङ अपरेसनको सत्य तथ्य छानबिन गरी सत्य कुरा जनता सामु ल्याउन जरुरी छ । छानबिन विना नै कुनै संस्था र व्यक्तिको मानमर्दन गर्नु हुँदैन । यस बिषयमा अन्य प्रमुख समाचार गृहले पाठ सिक्दा राम्रो होला कि ?’
केही दिनयता सिधा कुरा अनलाइनले कान्तिपुर पब्लिकेसनका प्रकाशन कैलाश सिराेहियाकाे भण्डाफाेर गर्दै आइरहेको छ । कैलाशमाथि दोहोरो नागरिकतालगायत सयौं मुद्दामा बार्गेनिङ गरेको आरोप छ ।


प्रतिक्रिया