इलाम २ उपनिर्वाचन : नेकपा एमालेका उम्मेद्वार सुहाङ फराकिलो मतान्तरले विजयी

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् ।

नेपाली कांग्रेसका उम्मेद्वार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि विजयी भएका हुन् ।  सुहाङ २७ हजार ७७२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी खड्काले २१ हजार ९४२ मत ल्याए ।

अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए । उनी पनि नेपाली कांग्रेससँग झिनो मतान्तरले विजयी भएका थिए ।

प्रतिक्रिया