काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार मिलन लिम्बुको जमानत जफत भएको छ ।
माओवादी केन्द्र त्यागेर रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले खसेको कुल मतको १० प्रतिशत पनि ल्याउन नसकेपछि उनको जमानत जफल भएको हो । लिम्बूले ५ हजार ५० मत मात्रै ल्याउन सफल भए ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार कुल सदर मतको १० प्रतिशत ल्याउन नसके जमानत जफत हुने व्यवस्था छ ।
उपनिर्वाचनमा गणना भएको ६९ हजार ३७४ मतमध्ये ६८ हजार ४७२ मत सदर भएको थियो । जसमध्ये ९०२ मत बदर भएको थियो ।


प्रतिक्रिया