रिस साध्न छिमेकी ३ वर्षीया बालिकाको हत्या

काठमाडौं । मानिसको मन पनि कति निर्दयी हुन्छ ।

यतिसम्मकी छिमेकीको रिस फेर्न तीन वर्षकी बालिकाको हत्य गरेको खुलासा भएको छ ।

सिराह प्रहरीका अनुसार सिरहा नगरपालिका १८ जरूवा लक्ष्मीनिया टोलका ४७ वर्षीया सोनादेवी यादव र उनकी छोरी पूजाकुमारी यादव मिलेर छिमेकी रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या गरेका हुन् ।

अहिले सोनावतीका श्रीमान् धनिकलाल यादव फरार छन् ।

यसअघि वैशाख १२ गते बिहान १० बजेतिर घर अगाडि खेलिरहेकी रमेशकी छोरी रिया हराएकी थिइन् ।

खोजतलासको क्रममा गत वैशाख १४ गते राति साढे ११ बजे छिमेकी धनिकलाल यादवको घरको छतमा जाने भर्‍याङ नजिकै बालिकाको शव फेला परेको थियो ।

उनका अनुसार करिब एक वर्षदेखि छिमेकी रमेश र धनिकलालको परिवारबीच झैझगडा हुने गरेको थियो ।

त्यही रिसइबीका कारण धनिकलालको परिवारले घर अगाडि खेलिरहेकी बालिकालाई बिस्कुट दिई आफ्नो घरभित्र लगेर हत्या गरेको सिराह प्रहरीको भनाइ छ ।

प्रतिक्रिया