एमालेका उम्मेद्वार सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम२ मा एमालेका सुहाङ नेम्वाङले अग्रता अन्तर कायम राखेका छन् ।

हालसम्म उनले फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकाका सबै वडा र माङसेबुङ वडा नम्बर १ को मत गणनाका क्रममा नेम्वाङले २ हजार ६१६ मतान्तर कायम राखेका हुन् ।

नेम्वाङले ८ हजार ८९८ मत पाएका छन् भने उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्काले ६ हजार २८२ मत ल्याएका छन् ।

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ४ हजार ६३४ मतसहित तेस्रो स्थानमा छन् ।

रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार ३०५ मत पाएका छन् ।

प्रतिक्रिया