काठमाडौं । बझाङको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
नेकपा एमालेका दमन भण्डारीलाई उछिन्दै नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता लिएका हुन् ।
सिंहले ७ हजार ४९२ मत पाएका छन् भने नेकपा एमालेका भण्डारीले ७ हजार २२८ मत पाएका छन् ।
सुरुवाती चरणमा नेकपा एमालेले अग्रता लिएको थियो । सो क्रममा नेकपा माओवादी केन्द्रका जनक बुढाले २ हजार ८९५ मत प्राप्त गरेका छन् । त्यसैगरी, एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १०२ मत पाएका छन् ।
र, सबैभन्दा पछि राप्रपाका किशोर खड्का छन् । उनले अहिलेसम्म १ सय ८२ मत प्राप्त गरेका छन् ।





प्रतिक्रिया