पहिचानवादी उम्मेद्वार थेगिमले घटाउँदै मतान्तर

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि इलाम २ मा भएको उपनिर्वाचनको मत परिणामलाई अग्रता कायम राख्दै नेकपा एकालेका उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो अग्रता कायम राखेका छन् ।

त्यसैगरी, स्वतन्त्र उम्मेद्वार डगेन्द्र थेगिमले मतान्तर घटाइरहेका छन् ।

तर, रास्वपाका उम्मेद्वार मिलन लिम्बू भने निकै पछि छन् ।

मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेद्वार डम्बर खड्काले सुहाङलाई पछ्याइरहेका छन् ।

हालसम्म १८ हजार ९४८ मत मतगणना भइसकेको छ ।

इलाम २ मा तत्कालीन प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।

कसको मत कति ?
नेम्वाङ : ७६७७
डम्बर खड्का : ५३९५
डकेन्द्र थेगिम: ४०५८
मिलन लिम्बु : ११६२

प्रतिक्रिया