इलाम र बझाङमा कति कति प्रतिशत खस्यो मत ?

काठमाडौं । सर्वाधिक चर्चामा रहेको इलाम २ मा भएको उपनिर्वाचनमा ५७ प्रतिशत मत खसेको छ ।

कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ५७ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार करिब ६६ हजारले मतदान गरेका छन् ।

मतगणना शनिबार नै सुरु गर्ने तयारी छ । शनिबार अपरान्ह ५ बजेसम्म मतगणनाको समय तोकिए पनि लाइन लागेकाहरु सबैले मतदान गर्दा केही समय लाग्नेछ ।

यस्तै, बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा शनिबार भएको उपनिर्वाचनमा करिब आधा मतदाताले मतदान गरेका छन् । करिब ४९.१२ प्रतिशतले मतदान गरेको निर्वाचन निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । संख्यामा अपरान्ह ५ बजे सकिएको मतदानमा ३० हजार ३०० भन्दा बढीले मतदान गरेका छन् ।

यस क्षेत्रमा आइतबार मात्र मतगणना गर्ने तयारी छ ।

प्रतिक्रिया