कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान सञ्चालन गर्न सुरु गर्न निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्ण बहुमत आउनेगरी अभियान सफल बनाउन निर्देशन दिएका छन् ।

शुक्रबार काठमाडौँमा भएको पूर्वकर्मचारी समाज नेपालको छैटौँ साधारणसभालाई सम्बोधनका क्रममा देउवाले आगामी निर्वाचनमा कांग्रेसलाई पूर्ण बहुमत आउने गरी काम गर्न निर्देशन दिएका हुन् ।

उनले नेपालमा लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको ठुलो र महत्त्वपूर्ण भूमिका रहेको बताए ।

सो क्रममा सभापति देउवाले भने, ‘सरकारको सफलता र असफलतामा कर्मचारीको भूमिका महत्त्वपूर्ण हुन्छ । नेपाली जनताको उन्नति, प्रगति नेपाली कांग्रेसको अपूर्ण अभिष्ट हो । यो उद्देश्य पूरा गर्न हाम्रो पार्टी सदैव दृढ संकल्पित छ । त्यसका लागि लामो समयसम्म सरकारलाई तपाईहरुले दिएको अनुभव महत्त्वपूर्ण छ । आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पूर्ण बहुमत आउने अभियानमा सफल गराउनुहुनेछ भन्ने विश्वास लिएको छु ।’

प्रतिक्रिया

सम्बन्धित समाचार