आगलागी प्रभावितको व्यवस्थापन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आगलागीबाट प्रभावितहरुको व्यवस्थापनका लागि आवश्यक तयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

शुक्रबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सम्बन्धित निकायलाई यस्तो निर्देशन दिएका हुन् ।

उनले भने, ‘प्रकोप कति बेला हुन्छ भन्ने थाहा हुँदैन । तर, घटना भइसकेपछि तत्काल राहत वितरणको विषयमा मैले स्पष्ट निर्देशन गरिसकेको छु । कुनै पनि प्रशासनले तत्काल दिने राहतहरुमा, तत्काल पैसा दिनुपर्ने अवस्था छन् भने कोष छ, त्यहाँ मिल्दैन भने मलाई भन्नुस् कहाँ हस्ताक्षर गर्नुपर्छ, कहाँ निर्णय गर्नुपर्छ तत्काल गर्नुस् । यो आएको निर्देशनलाई कार्यान्वयन गर्ने कुरामा कहीँ ढिलाइ भएको छैन, भइहाल्छ । मन्त्रालयको तर्फबाट आफैं सचेत भएर कुराकानी गरिरहेको छु ।’

प्रतिक्रिया