काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताएका छन् ।
शुक्रबार पूर्वाञ्चल विश्वविद्यालयको १२औं दीक्षान्त समारोहलाई सम्बोधनका क्रममा उनले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न भन्दै यस्तो बताएका हुन् ।
‘युवा–विद्यार्थीमा देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गराइ बौद्धिक पलायनलाई रोक्नसमेत पाठ्यक्रममा आमूल परिवर्तन जरूरी देखिन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रविधिमा आधारित नवप्रवर्तन र अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर पाठ्यक्रम तयार गरी अध्ययन गराउनुपर्छ । समृद्धिसँग जोड्ने व्यावसायिक शिक्षाको खाँचो बढ्दै गएको छ ।’
प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय देखिएको बौद्धिक पलायनलाई रोक्न लागि पाठ्यक्रम समयानुकूल परिवर्तन गर्न जरुरी रहेको उनको भनाइ छ ।





प्रतिक्रिया