कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् ।

मुख्यमन्त्री कँडेलले बिहीबारको प्रदेश सभामा कुल ४० सांसदमध्ये २३ मत पाएका हुन् ।

जसमध्ये विश्वासको मतको पक्षमा २३, विपक्षमा १२ र १ मत तटस्थमा परेको छ ।  कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् । कांग्रेसका एक सांसद निलम्बनमा परेका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएको १७ दिन पुग्दा पनि कँडेलले अझै मन्त्रिपरिषदलाई भने पूर्णता दिन सकेका छैनन् । विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेको कँडेल निकट सांसदहरू बताउँछन् ।

प्रतिक्रिया