नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत छनोट नगर्न अल्पकालीन आदेश

काठमाडौं । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत छनोट नगर्न अल्पकालीन आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले १० वैशाखमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

उच्च अदालतले रिक्त सिइओ नियुक्तिका लागि गठित समिति र मनोनयनसमेत अवैधानिक रहेको आदेशमा उल्लेख छ ।

रिक्त सिइओ नियुक्तिका लागि छनोट गर्न गठित उपसमितिका सदस्य तथा बोर्ड सञ्चालक समिति सदस्यहरू मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनयन भएका थिए ।

प्रतिक्रिया