काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ ।
बुधबार दुई पक्षबीच होटल सोल्टीमा भएको हो ।
भेटवार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुनेछ । होटल सोल्टीको कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारका राजा सहभागी हुनेछन् । त्यसपछि राजा थानी आजै कतार फर्किने कार्यतालिका रहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि कतारका राजा भ्रमण दलका सदस्यहरुसहित मंगलबार काठमाडौं आएका थिए । भ्रमणका क्रममा राजा थानीले उच्च पदस्थसँग भेटवार्ता गरेका छन् ।





प्रतिक्रिया