राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ६ सय ७८ जना गर्भवती तथा सुत्केरीको उद्धार

काठमाडौं । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हालससम्म दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका ६ सय ७८ जना गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहतको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत जोखिममा परेका उल्लेखित संख्यामा गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको हो ।

आर्थिक वर्ष २०७५ ०७६ देखि यो कार्यक्रम लागू भएको थियो ।

चालु आर्थिक वर्षमा अहिलेसम्म एक सय २६ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार भइसकेको राष्ट्रपति महिला उत्थान समन्वय इकाइकी प्रमुख नीता शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार