काठमाडौं । प्राधिकरणले आज चार ठाउँमा बिजुली कटौती हुने जनाएको छ ।
प्राधिकरणले एक सूचना जारी गर्दै मंगलवार स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म बिहान ८ बजेदेखि दिउँसो दुई बजेसम्म बिजुली अवरुद्ध हुने जानकारी दिएको हो ।
सो क्षेत्रका १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो कन्डक्टरलाई नयाँ कन्डक्टर तारेले बदलीगरी मर्मत कार्य गर्न लागिएको हुँदा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली अवरुद्ध हुनेछ ।
बिजुली कटौती हुने क्षेत्रहरूमा सीतापाइला फिडर, कुलेश्वर वितरण केन्द्र, इचङ्गु फिडर, बालाजु वितरण केन्द्र क्षेत्रका सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक क्षेत्र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक, सानो भन्याङ, ठुलो भन्याङ, कामना स्कुल र अन्नपूर्ण चोक क्षेत्र ढुङ्गेधारा, क्लब घर र तरकारी बजार (बालाजु सब स्टेसन पछाडि) छन् ।



प्रतिक्रिया