काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानविनका संसदीय छानविन समिति गठन नगरे संसद बैठक चल्न नदिने निर्णय गरेको छ ।
मंगलबार बिहान बसेको नेपाली कांग्रेसको संसदीय बैठकले यस्तो निर्णय गरेको हो ।
साथै कांग्रेसले आफ्ना मागबारे सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार नै जिम्मेवार हुने जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै आएको छ।




प्रतिक्रिया