काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन् ।
नाउपाका संरक्ष रेशम चौधरीको तर्फबाट सरकारमा सामेल भएकी गिरी सोमबार पदमुक्त भएकी हुन् ।
संरक्षक र अध्यक्षबीचको आन्तरिक विवादमा फसेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गिरीलाई फिर्ता बोलाएको पत्र सभामुखलाई पठाएकी थिइन् ।
सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा प्रदेश सभा सचिवालयले गिरी पदमुक्त गर्ने सूचना निकालेको हो ।
सोमबार निकालिएको सूचनामा भनिएको छ, ‘‘प्रदेशसभा सदस्य माननीय इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेश सभाको सचिवलयमा पेश भएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम सूचना प्रकाशित गर्न सभामुखको निर्देशन भएको हुँदा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
यो घटनासँगै नाउपाका अध्यक्षा र संरक्षाकबीचको विवाद चरम उत्कर्षमा पुगेको छ । साथै, यस पार्टीमा अब के हुन्छ भन्ने काैतूहलता बढेको छ ।




प्रतिक्रिया