सांसद पौडेलको गृहमन्त्रीलाई प्रश्न : निर्दोष भए छानबिन समिति बनाउन किन हच्किनुपर्यो ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्री रवि लामिछानेलाई संसदीय छानबिन समिति गठन गर्न किन तयार नहुनुको कारण के भनी प्रश्न गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

पौडेलले संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागबाट कांग्रेस पछि नहेटेको बताउँदै गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने बताएका हुन् । साथै, उनले गृहमन्त्री निर्दोष भए छानबिनमा नडाउनुपर्ने समेत बताए ।

उनले भने, ‘छानबिनका लागि निर्दोष छु भन्नेहरु किन तयार नहुनुभएको त ? निर्दोष भए त झनै छानबिन गरेर निर्दोष सावित हुनु राम्रो हुन्छ । दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अफ्ठ्यारो भयो ।’

प्रतिक्रिया

सम्बन्धित समाचार