गण्डकीमा खगराज अधिकारी दोस्रोपटक मुख्यमन्त्री

काठमाडौं । गण्डकी प्रदेशमा पुनः खगराज अधिकारी मुख्यमन्त्री बनेका छन् ।

यसअघि केन्द्रमा नेकपा एमाले र माओवादीबीच सहमति हुँदा मुख्यमन्त्री बनेका अधिकारी आइतबार पुनः मुख्यमन्त्री बनेका हुन् ।

यसअघि केन्द्रमा सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस र नेकपा माओवादीबीच भएको गठबन्धनका कारण नेकपा माओवादीले साथ नदिँदा उनी मुख्यमन्त्री पदबाट चिप्लिएका थिए ।

नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै मुख्यमन्त्रीको शपथ लिँदैछन् ।

अधिकारीले माओवादीबाट १ जना र दीपक मनाङेलाई मन्त्री बनाउने तयारी गरेका छन् ।

मुख्यमन्त्रीको शपथसँगै अन्य २ जनालाई विना विभागीय मन्त्री नियुक्त गर्ने तयारी रहेको एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपालीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार