काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राजधानीमा गरिखानेभन्दा बढी मागी खाने भएका कारण सडकमा माग्नेहरु बढी देखिएका बताएकी छन् ।
शुक्रबार गृहमन्त्रालयले ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुला गर्ने सन्दर्भमा सरोकारवालासँग आयोजना गरेको छलफलका क्रममा उनले यस्तो बताएकी हुन् ।
डंगोलले भनिन्, ‘सडकमा माग्नेहरू दुःख परेर भन्दा पनि व्यवसायिक ढंगले आउने रहेछन् । काम गरेरभन्दा मागेर धेरै कमाइ हुन्छ भनेर उनीहरूले नै भनेका छन् । यसअघि पनि महानगरमा सडक मानवमुक्त अभियान सुरू भएको हो, तर सफल भएको छैन । तथ्य जाँच गर्दा उनीहरु व्यवसायिक ढंगले माग्ने र घर घडेरी जोड्ने गर्दा रहेछन् ।’


प्रतिक्रिया