त्रिविमा देखिएका अनियमितता र बेथितिप्रति शिक्षामन्त्रीको चासो, कारबाहीसम्म गर्ने चेतावनी

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा पछिल्लो समय देखिएक चार बेथितीका घटनामाथि चासो राखेकी छन् ।

मन्त्री श्रेष्ठले अनियमितता र बेथितीले विश्वविद्यालयको साख गिरेको भन्दै संलग्नहरुमाथिको छानविन र कारबाहीको विवरण मागेकी हुन् ।

उनले जनसंख्या तथा स्वास्थ्य र शिक्षाको आधार विषयको उत्तरपुस्तिका हराएको घटनाको विवरण मागेकी छन् ।

उत्तरपुस्तिका हराएको घटनाबारे जाँचबुझ गर्न गठन भएको उच्चस्तरीय छानविन समितिको काम कारबाहीको विवरण पनि उनले झिकाएकी छन् ।

 

त्रिविको मानविकी तथा समाजशास्त्र संकायको स्नातकोत्तर तहको अर्थशास्त्रको प्रश्नपत्रमा एउटै प्रश्न दुई ठाउँमा सोधिएको थियो । उनले प्रश्नपत्र निर्माण संलग्नमाथिको कारबाहीको प्रगति विवरण पनि मागेकी छन् ।

त्यसैगरी इञ्जिनियरिङ संकायको अटोमोबाइल विषयमा पुरानो पाठ्यक्रमबाट प्रश्न सोधिएकोमा पनि उनले कारबाहीको विवरण मागेकी छन् । पत्रमा भनिएको छ, ‘उक्त प्रक्रियामा संलग्न जिम्मेवार पदाधिकारी को हुन् रु त्यस्तो लापरबाहीपूर्ण कार्य गर्ने पदाधिकारीहरू माथि के कस्तो कारबाही कसरी अघि बढ्दै छ रु’

शैक्षिक क्यालेण्डर कार्यान्वयन हुन नसक्दा तोकिएको समयमा पठनपाठन सक्ने, परीक्षा लिने, नतिजा निकाल्ने काम हुन नसकेको र विद्यार्थीको समय खेर गएको भन्दै उनले त्यसको सुधारको योजना र खाका मागेकी छन् ।

‘शैक्षिक क्यालेण्डर बमोजिम समयमा नै प्रकाशन गर्ने सम्बन्धमा जिम्मेवार पदाधिकारीहरूलाई कसरी जवाफदेही बनाउँदैछ रु’ उनले पत्रमा भनेकी छन्, ‘घटनाहरूपश्चात परीक्षा प्रणालीलाई सुधार गर्न के गरिंदै छ रु यी घटनाहरूबाट विद्यार्थीहरूमा पर्न गएको क्षतिको क्षतिपूर्ति कसरी हुँदैछ रु’

 

प्रतिक्रिया

सम्बन्धित समाचार