काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक स्तरमा गुणात्मक फड्को मार्ने बताएका छन् ।
बिहीबार ललितपुर अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । सो क्रममा उनले राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न अर्थतन्त्रलाई लयमा ल्याउनुपर्ने बताए।
उनले भने – नेपालको आर्थिक स्तरलाई गुणात्मक फड्कोमा पुर्याउनै पर्नेछ। त्यसको लागि सरकार र नीजि क्षेत्र मिलेर काम गर्नु छ। त्यो दिशातर्फ अहिले हामी काम गरिरहेका छौँ। त्यसमा सबैले मिलेर अगाडि बढ्न आग्रह गर्छु। त्यसैले म भन्छु हामीसँग खेर फाल्ने समय छैन। हामीले अर्थतन्त्रलाई बेलैमा लयमा ल्याउनुपर्छ। यसको विकास गर्दै फड्को मार्ने बिन्दुमा पुग्नुपर्छ। त्यसले मात्रै यो राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्छ। त्यसले मात्रै यो परिवर्तनको रक्षा गर्छ।




प्रतिक्रिया