काठमाडौं । ललितपुरमा होली खेल्ने क्रममा झडप हुँदा दुई जना युवाको मृत्यु भएको छ ।
आइतबार राति ललितपुरको धोलाहिटीमा दुई समूहबीच झडप हुँदा दुईजनाको मृत्यु भएको हो । प्रहरीका अनुसार झडपमा परी पाँचथर र सुनसरी घर भई धोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनोमा पाँचथर घर भई धोलाहिटी बस्ने २८ वर्षीय रोबर्ट राई र सुनसरी घर भई धोलाहिटी बस्ने ३० वर्षीय पुजन राई रहेका छन् । पूजनको शव सुमेरु अस्पताल र रोबर्टको पाटनमा राखिएको छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया