महरा पक्राउबारे भट्टराईले गरे यस्तो टिप्पणी

काठमाडौं । नेकपा माओवादीका नेता कृष्णबहादुर महरा तथा पूर्वसभामुख पक्राउबारे पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले टिप्पणी गरेका छन् ।

बुधबार पार्टी बैठकका निर्णयहरु सार्वजनिक गर्ने क्रममा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

सो क्रममा उनले सबैमाथि छानबिन गरेर कारबाही गर्नसक्ने उच्चस्तरीय अंग बनाउन माग समेत गरे ।

सो क्रममा उनले भने, यहाँ त के छ भने एउटा सत्तामा आएको छ, अर्कोलाई आरोप लगाएको छ’, महरा पक्राउबारे सोधिएको प्रश्नमा उनले भने, ‘आफ्नालाई चोख्याउने, अरुलाई फसाउने गरेर त के हो के हो ?’

यस्तै, उनले साना माछा, ठूला माछा भन्ने पनि रहेको भन्दै भट्टराईले ठूला माछा संरक्षणका लागि साना माछा फसाइएको पनि हुनसक्ने आशंका पनि गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार