काठमाडौं । काठमाडौं तराई द्रत राजमार्गमाथि धरहराजत्तिकै उचाइ भएको खम्बमाथि पुल निर्माण हुने भएको छ ।
निर्माणाधीन काठमाण्डू तराई द्रुतमार्गमा पर्ने एउटा पुलको खम्बा धरहराजत्तिकै अग्लो हुने दाबी गरिएको छ।
काठमाण्डौं धरहरा टावर नवर्निर्माणपछि यसको जमिनमाथि गजुर सहितको उचाइ ८३.८५ मिटर रहेको विवरण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सार्वजनिक गरेको थियो। दुई वटा भूमिगत तलासहित धरहराको कुल उचाइ ९२.२५ मिटर छ।
काठमाण्डौंको यो २२ तले धरहराजत्तिकै अग्लो खम्बामाथि बनिरहेको पुल काठमाण्डौं तराई द्रुतमार्गस्थित मकवानपुरको लेनडाँडा नजिकै पर्छ।
उक्त स्थानमा फरक फरक दुई वटा पुलका लागि ठड्याइएका कैयौँ खम्बाहरू मध्ये सबैभन्दा गहिरो भागबाट उठाइएको एउटा खम्बाको उचाइ जमिन मुनिको भाग बाहेक नै ८३ मिटर रहेको निर्माणमा संलग्न एक जना इन्जिनियरले बताए।






प्रतिक्रिया