काठमाडौं । नेपाल त्रिकोणात्मक टी २० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीसँग फराकिलो मतान्तरले पराजित भएको छ ।
मंगलबार दुई पक्षबीच भएको सो खेलमा नेपालले ८६ रनको अन्तरले पराजित भएको हो ।
जितक लागि १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा ८५ रनमा अल आउट भयो । नेपालका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
सन्दीप जोराले १३ बलमा ३ चौकासहित सर्वाधिक १७ रन बनाए ।
तीव्र गतिका बलर कबुवा मोरेवाले ओपनर कुशल भुर्तेललाई ५ र विनोद भण्डारीलाई ४ रनमा क्याच आउट गर्दै पपुवा न्युगिनीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।




प्रतिक्रिया