गठबन्धनमा फ्लोर क्रस हुँदा गठबन्धनका चर्चित उम्मेदवार सिटौला पछि

काठमाडौं । राष्ट्रियसभा निर्वाचनअन्तर्गत कोशी प्रदेशमा गठबन्धनका उम्मेद्वार कृष्ण सिटौला पछि परेका छन् ।

गठबन्धनमा फ्लोर क्रस गर्दा उनी पछि परेका हुन् । सत्ता गठबन्धनका ४७ जना प्रदेशसभा सदस्य रहेकोमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कृष्ण सिटौलालाई ४५ जना मात्रैलेभोट हालेका छन् ।

राप्रपा एमाले गठबन्धनका उद्धव पौडेलललाई ४७ जनाले मत हालेका छन् । एकजना सांसदको मत बदर भएको छ । स्थानीय तहको मतगणना जारी छ ।

कोशीमा सत्ता गठबन्धनको उम्मेदवार हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गरेकी हुन् ।अनपेक्षितरूपमा एमालेकी रुक्मिणी कोइराला विजयी बन्दा कांग्रेसका हेभिवेट उम्मेदवार कृष्णप्रसाद सिटौला त्राहीमाम बनेका छन् ।

गठबन्धनबाट फ्लोर क्रस हुँदा एमाले उम्मेदवारले नतिजा उल्टाएकी हुन् । कोइरालालाई सत्ता गठबन्धनका तीन प्रदेशसभा सांसदले मतदान गरेको पुष्टि भएको छ ।

त्यस्तै स्थानीय तहका १६ मतदाताले फ्लोरक्रस गरेका छन् । प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् । रुक्मिणीले ४९ मत ल्याइन् । यो मत परिणामसँगै राप्रपा क्याम्पमा उत्साहको सञ्चार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार