पाँचतले घरबाट फाल्दा एक व्यापारीको मृत्यु

काठमाडौं । धनगढीका एक व्यापारीले पाँचतले घरबाट हाम फालेर आत्महत्या गरेका छन् ।

प्रहरीका अनुसार धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् । बुधबार बिहान करिब ११स्२० बजे हाम्फालेर घाइते भएका अग्रवाललाई तत्काल उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो ।

कैलालीका प्रहरी प्रवक्ता डीएसपी कुलदीप चन्दले उपचारको क्रममा अग्रवालको मृत्यु भएको बताए ।

अग्रवालले हाम फालिरहेको दृश्य समेत स्थानीय बासिन्दाले खिच्न भ्याएका थिए । छतको रेलिङबाट केही तल झरेर आत्महत्या गर्न लाग्दा उनलाई तलबाट त्यसो नगर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार