राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले पूर्वाधार आयोजना सहज बनाउन धेरै कानुन बनाउनुभन्दा एउटै प्रभावकारी कानुन बनाउन प्रस्ताव गरेकी छिन् ।
सोमबार बसेको पूर्वाधार विकास समितिको बैठकमा उनले सार्वजनिक खरिद ऐन, वन ऐन, इन्जिनियरिङ ऐन तथा ‘सनसेट एक्ट’ लगायतका विषयमा नयाँ कानुन बनाउनुभन्दा अगाडि गहन छलफल आवश्यक रहेको बताइन् ।
सार्वजनिक खरिद ऐनलाई पुनर्संरचना गर्नुपर्ने विषयमा समेत अध्ययन आवश्यक रहेको उल्लेख गरिन् ।
‘हामीलाई सार्वजनिक खरिद ऐन पनि फरक हिसावले चाहिने हो कि होइन, यो पनि पुनर्संरचना गर्न पर्छ कि अझै धेरै हामीलाई छलफलको आवश्यकता पर्छ । किनकि सार्वजनिक खरिद ऐन पनि फरक हिसावले ल्याउने, वन ऐन संशोधन, यो कुरा ठिक छ, वन ऐन त संशोधन नै गर्नपर्छ,’ उनले भनिन्, ‘अर्को भनेको इन्जिनियरिङ एक्ट अल्सो नयाँ ल्याउनु पर्छ, सनसेट एक्ट अल्सो नयाँ ल्याउनुपर्छ, राष्ट्रिय गौरवका आयोजना मात्रै हेर्ने ऐन पनि नयाँ ल्याउनु पर्छ भनिरहँदा केही विषयहरू हामीले कार्यविधि अथवा नियमावलीअनुसार पनि कति कुराहरू एड्रेस गर्न सक्छौं ।’



प्रतिक्रिया