२९ सहसचिवको सरुवा, काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा परियार

काठमाडौं । सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार बुधवार बसेको मन्त्रिपरिषद् बैठकले २९ जना सहसचिवको सरुवा गरेको हो ।

यो लटको सरुवामा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी पनि फेरिएका छन् । कार्यपालिकाको निर्णय फेरेको विषयमा अधिकारीसँग बालेन रुष्ट थिए । उनलाई मधेशी आयोगको सचिवको जिम्मेवारी दिएर पठाइएको छ । राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई काठमाडौं महानगरपालिका पठाइएको छ ।

महानगर पालिकाकाको प्रमुख प्रशासकीय प्रमुखमा प्रदीप परियारलाई पठाएको छ । यसअघि योजना आयोगमा रहेका परियारलाई सरकारले महानगरको प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको हो ।

काठमाडौं महानगरमा केही करार कर्मचारी थप्ने सम्बन्धी प्रस्तावमा गडबडी गरिएको पाइएपछि मेयर बालेन्द्र साहले चार कर्मचारीलाई निलम्बनमा राखेका थिए । जसमा प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी पनि परेका थिए ।
उनकै सचिवालयकी एक कर्मचारीले छलछाम गरेर आफ्नी छोरीलाई करार जागिरमा घुसाउने प्रयास गरेकी थिइन् । उक्त काममा प्रमुख प्रशासकीय अधिकृतको पनि हस्ताक्षर प्रयोग भएको पाइएपछि बालेनले उनलाई पनि अफिस नआउन निर्देशन दिएका थिए ।

सहसचिव परियार दुई वर्षअघि सबैभन्दा कम उमेर ३२ वर्षमै खुला प्रतिस्पर्धाबाट सहसचिव बनेका थिए । सहसचिवमा सिफारिस भएलगत्तै उनको शहरी विकास मन्त्रालयमा पदस्थापन भएको थियो । उनले त्यहाँ करिब एक वर्ष प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सम्हालेका थिए । मन्त्रालयबाट उनको पाँच महिनाअघि गत भदौमा राष्ट्रिय योजना आयोगका सरुवा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार