काठमाडौं । रुसी सेनामा भर्ती भएका लमजुङ दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको खुलासा भएको छ ।
रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । यसअघि उनी दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्षसमेत थिए ।
रोजगारीका लागि भन्दै साढे तीन महिना अघि उनी रुसी सेनामा पुगेका थिए । उनको घरमा बुबा, आमा, श्रीमती र एक छोरा छन् ।







प्रतिक्रिया