काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यले वर्तमान मेयर बालेन्द्र शाहले टुकुचा खोला भत्काएर व्यवस्थित गर्न नसकेको बताएका छन् । उनले डिपिआर तयार नै नभई टुकुचा खोल्दा भद्रगोल भएको उनको भनाइ छ । उनले टुकुचा कसरी बनाउने र कसरी व्यवस्थित गर्ने भन्ने कसैसँग पनि योजना नरहेको बताए ।
मेयर शाहले टुकुचा पत्ता लगाए भनेर मिडियाहरुमा समाचार आउँदा आफूलाई हाँसो उठेको उनको भनाई छ । टुकुचा छ भन्ने कुरा आफूलाई पहिला नै थाहा भएको उनले ब्यङ्ग्य गरे ।
‘मैले पनि सुने समाचारमा टुकुचा पत्ता लगायो भनेर हेडिङ राखेर धेरै समाचार आयो । मलाई हाँसो पनि उठ्यो, त्यो टुकुचा थियो भनेर पहिलादेखि नै मलाई थाहा थियो । कसरी पत्ता लगायो ?’– उनले प्रश्न गरे ।
साथै देश विदेशबाट टुकुचा हेर्न आएको भनेर गलत प्रचार गरिएको उनको भनाई छ । ‘फिल्मको सुटिङजस्तै गाडीबाट मान्छे ओसारेको त होईन’ भन्ने उनले आशंका पनि व्यक्त गरे ।
‘विदेशबाट, जिल्ला जिल्लाबाट हेर्न आयो भनेका छन्, कहाँको मान्छे आयो रु गाडीबाट ओसार्यो कि रु गाडीबाट ओसारेर अहिलेकाही फिल्मको सुटिङजस्तै गाडीबाट मान्छे ओसार्छ, सुटिङ सकाउँछ र फेरि ठाउँमै ल्याएर छोड्दिएको जस्तै को हो त त्यहाँ हेर्न आउने रु विदेशबाट को आयो पहिचान छ रु टुकुचा हेर्नलाई विदेशबाट कोही काठमाडौं आउँछ ?’– उनले प्रश्न गरे ।



प्रतिक्रिया