काठमाडौं । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गौतमबुद्ध विमानस्थलको हवाई रुटमा पुनर्विचार गर्न भारतलाई आग्रह गरेका छन् ।
भारतीय दूतावासले बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरेको भारत–नेपाल साँस्कृतिक उत्सवलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।
मन्त्री किराँतीले लामो समयदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटका विषयमा भारत सकारात्मक नभएको संकेतसमेत गरे ।
‘नेपालको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने हवाई रुटका सन्दर्भममा महामहिम राजदूत मार्फत फेरी नेपाली जनताको तर्फबाट आग्रह गर्दछु, पुनर्विचार गरियोस्, सम्बन्धित निकायमा पुगोस् हाम्रो अपेक्षा छ,’ नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसमेत सहभागी कार्यक्रममा मन्त्री किराँतीले भने ।



प्रतिक्रिया