माघमा हुने भनिएको एमाले जिल्ला र पालिका अधिवेशनमा जेठमा हुने

काठमाडौं । नेकपा एमाले जिल्ला र पालिका अधिवेशनको डेडलाइन (मिति) पछि सारेको छ ।

यसअघि माघ मसान्तसम्म जिल्ला अधिवेशन गर्ने भनिएकोमा एमालेले उक्त मिति सार्दै जेठ मसान्तसम्म पुर्‍याएको हो ।

बुधवार बसेको सचिवालय बैठकले जेठ मसान्तभित्र जिल्ला अधिवेशन सक्नेगरी मिति परिमार्जन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । बैठकमा प्रदेश अधिवेशनमा उम्मेदवार भएका ६ जना केन्द्रीय सदस्यको पद रिक्त भएको जानकारी गराइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार