जेलमुक्त भए रेशम, फूलमामाले स्वागत

काठमाडौं ।  टीकापुर हत्याकाण्डका योजनाकार रेशम चौधरी जेलमुक्त भएका छन् ।

सरकारले गणतन्त्र दिवसको अवसरमा आममाफी दिएपछि उनी जेलमुक्त भएका हुन् ।

डिल्लीबजार कारागारबाट निस्किँदा उनलाई समर्थकले फूलमालाले स्वागत गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीको स्वागतमा बिहानैदेखि कारागार परिसरमा भिड लागेको थियो ।

टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर तीनै तहको अदालतबाट जेल सजाय पाएका चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएसँगै छुटेका हुन् ।

प्रतिक्रिया